|  

पूर्वराष्ट्रपति वाइडेन र ओबामाले कम दक्ष कन्ट्रोलर नियुक्त गर्दा विमान दुर्घटना भएको ट्रम्पको आरोप !

१८ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको आकाशमा भएको अमेरिकी सैन्य हेलिकप्टर र कमर्सियल विमान दुर्घटनापछि डेमोक्र्याटमाथि आक्रोश पोखेका छन् ।

दुर्घटनापछि उनले पूर्व डेमोक्र्याट राष्ट्रपति बाराक ओबामा र जो बाइडेनमाथि आक्रोश पोखेका हुन् । राष्ट्रपति ट्रम्पले ओबामा र बाइडेन कार्यकालमा नागरिक उड्डयन प्रशासनमा कम दक्ष कन्ट्रोलर नियुक्त गरेका कारण दुर्घटना भएको आरोप लगाएका हुन् । बिहीबार ह्वाइट हाउसका पत्रकारको अगाडि बोल्ने क्रममा ट्रम्प लगायत सबै रिपप्लीकहरु डेमोक्र्याट प्रति आक्रामक थिए ।

डेमाक्र्याट कार्यकालमा अमेरिकालाई विभाजित गरेर शासन गर्न खोजिएको समेत उनले आरोप लगाएका छन् । हिजो अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनामा हालसम्म ४० जनाको शव भेटिएको छ ।

६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार विमानसँग सेनाको हेलिकप्टर ठोक्किएको हो । दुर्घटनामा परेको मेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरमा अमेरिकी सेनाका तीन सैनिक सवार थिए।