१८ माघ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) को लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ३५.६७ रुपैयाँ, प्याज ६३.३३ रुपैयाँ, मटरकोशा ४५ रुपैयाँ, स्थानीय काउली १२.३३ रुपैयाँ, बन्दा लोकल १५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।