१८ माघ, काठमाडौं । दाङको घोराहीबाट लागुऔषध ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राप्ती गाउँपालिका–३ मसुरिया घर भई अहिले घोराही उपमहानगरपालिका–१३ प्रगतिटोल बस्दै आएका २२ वर्षीय चिन्तन केसी र घोराही–१३ डुमरगाउँका १९ वर्षीय मनोज बुढामगर रहेका छन् ।
शंका लागेर केसी र बुढामगरलाई खानतलासी गर्दा केसीले लगाएको जुत्तामुनि लुकाइराखेको अवस्थामा एक सय ९० मिलिग्राम र बुढाथोकीको साथबाट ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरू सवार लु १८ प ३७७० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।