१८ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा प्रतिपक्षी दलहरूको पनि प्रतिपक्षी भएको बताएका छन् ।
एक अन्तर्वार्तामा विपक्षी दलहरूको छलफलले केही रणनीति बनाएको छ भन्ने प्रश्नमा जबाफ दिएका अध्यक्ष लिङ्देनले संसदमा आ–आफ्नो धारणा प्रस्तुत हुने बताएका हुन्।
प्रतिपक्षी दलहरुले छुट्टै बसेर छुट्टै रणनीति बनाउनुपर्छ भन्ने छैन,’ लिङ्देनले भने, ‘स्वाभाविक रूपले हामी प्रतिपक्षमा छौं र प्रतिपक्षी कित्तामा भएको पार्टीको नाताले प्रतिपक्षीहरूसँग इस्युबेस सहकार्य र छलफल हुनसक्छ।’
उनले कुनै विषय आएका बेला प्रतिपक्षी दलहरूबीच छलफल हुन सक्ने बताए।
‘