|  

प्रेस चौतारी दार्चुलाको अध्यक्षमा लोकेन्द्रप्रसाद जोशी निर्वाचित

१८ माघ, काठमाडाैं । प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा लोकेन्द्रप्रसाद जोशी दोस्रो पटक निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न जिल्लाको पाँचौँ जिल्ला अधिवेशनबाट जोशी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन । उपाध्यक्षमा रमेशसिह खत्री, महिला उपाध्यक्षमा विमला भुजेल धामी, सचिव मानसिह कुवर, सहसचिव निरज कुमार धामी, समावेशी सचिव पदम परियार र कोषाध्यक्षमा उद्धवसिंह धामी निर्वाचित भएका छन । ११ सदस्यीय कार्यसमितिको सदस्यमा रवि ओड, मनोरथ मिश्र, लोकेन्द्रसिंह धामी र जानकी जोशी चयन भएका छन ।

केन्द्रीय र प्रदेश अधिवेशनका लागि पनि पार्षद् चयन भएका छन । जसमा प्रदेश अधिवेशनको लागि कृतिनिधि जोशी, विपिन विष्ट र लक्ष्मी भाट प्रदेश पार्षदमा निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधि पार्षदमा लक्ष्मणसिह धामी, कृष्णसिह धामी र चादनी चैसिर निर्वाचित भएका छन् ।