|  

निलम्बन फुकुवाको निवेदन लिएर सभामुखलाई भेट्न उनकै कार्यकक्षमा पुगे रवि  

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर सिंहदरबार पुगेका छन् ।

लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका हुन् । भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टा पहिले लामिछानेले सभामुख घिमिरेसँग भेटवार्ता भएको हो ।