१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग गरेका छन् ।
सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दै निलम्बन फुकुवाको मागसहित निवेदन दिएका हुन् ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दासमेत लागेपछि संघीय संसद सचिवालयले गत पुस ८ गते सूचना निकालेर लामिछानेको प्रतिनिधि सभा सांसद पद निलम्बन गरेको थियो ।