१८ माघ, काठमाडौं । नेपाल शिक्षक महासंघले आइतबारदेखि आन्दोलन थाल्ने भएको छ ।
संसद्को हिउँदे अधिवेशनबाट आफूहरूका माग सम्बोधन हुनुपर्ने माग राख्दै महासंघले आन्दोलन गर्न लागेको हो । महासंघले २० माघमा फेसबुकमार्फत, २५ माघमा पालिकामार्फत, २९ माघमा विद्यालय तहबाट आन्दोलन अघि बढाउने तालिका सार्वजनिक गरेको छ ।
महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेको छ । तर, ऐनमा अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालकक्षा शिक्षकको कोटा, स्थायी शिक्षकको बढुवा, तलब ग्रेडलगायत २२ वटा बुँदा समेटिनुपर्ने महासंघको माग छ ।