|  

प्रतिनिधि सभाको पहिलो बैठकमै रास्वपाकाे अवराेध

१८ माघ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ ।

दिउँसो १ बजेबाट संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको बैठक सुरु भएको हो । तर, बैठक सुरु हुनासाथ रास्वपाका सांसद हरुले आ–आफ्नो स्थानबाट उठेर सभा ञ्चालनका लागि अवरोध गरिरहेका छन् ।

अहिले सभामुख देवराज घिमिरे र रास्वपा नेताहरुबीच सवाल जवाफ चलिरहेको छ । आजको प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।