|  

रास्वपाको बहिष्कारका बाबजुद सभामुखले अघि बढाए बैठक

१८ माघ, काठमाडौं ।   सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् ।

बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक दलीय आधारमा धारणा राख्न समय दिने भन्दै रास्वपा सांसदहरूलाई  यथास्थानमा बस्न आग्रह गरेका थिए । तर रास्वपा सांसदहरु यथास्थानमा उभिरहे । पछि उनीहरु १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका छन् ।