|  

विरोध गर्दा गर्दै सभामुखले संसद् अघि बढाएपछि बैठक छाडेर हिँडे रास्वपा सांसद

१८ माघ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।

प्रतिनिधिसभा बैठक सुरू हुने वित्तिकै भने रास्वपा ले अवरोध जनाएको थियो। सभामुखले पटक–पटक बस्न आग्रह गर्दा पनि रास्वपाका सांसद नबसेपछि बस्नका लागि आदेश समेत दिएका थिए ।

सभामुखको आदेश समेत नमानेपछि कार्यसूची अनुसार बैठक अघि बढेको थियो । सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।

यता रास्वपाका सांसदहरु लामो समयसम्म पनि उभिएरै विरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि बैठक बहिस्कार गरेर बाहिरिएका हुन् । उनीहरुले आफूले १५ मिनेट बैठक बहिस्कार गरेको जनाएका छन्।