१८ माघ, काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद छल्न अध्यादेश नल्याएको प्रष्ट पारेका छन् ।
आज अर्थ समितिमा आयोजित छलफलमा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले भने ‘अध्यादेश गैरकानूनी र गैरसंवैधानिक अभ्यास होइन, संविधानले गरेको प्रबन्ध अनुरुप नै हामी अध्यादेशको बाटोमा हिँडेका हौं ।’ अध्यादेश संविधानसम्मत रहेको भन्दै उनले सरकारले संसद छल्न सम्भव नै नरहेको बताए । त्यसलाई पास वा फेल गर्ने अधिकार संसदमा रहेको भन्दै उनले संसदको अधिकार हनन नभएको दाबी गरे ।