|  

‘ब्रेक’ लगाएर राखिएका काम अघि बढाइएको ओलीको दाबी

१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा ‘ब्रेक-थु’ मात्र नभइ ‘ब्रेक’ लगाएर राखिएका कामलाई अघि बढाएको दाबी गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल-नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र रहेको भए पनि अहिले द्रुत गतिमा काम अघि बढिरहेको बताए । उनले आफू प्रधानमन्त्री भएपछि कार्यभार सम्हालेपछिको पहिलो निर्णय गरेको कीर्तिपुरको क्रिकेट खेल मैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय अनुसार त्यसका लागि टेण्डर आह्वान भएको र तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको बताए ।

साथै काठमाडौँ-तराई द्रुत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ, चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी-किमाथांका सडकमाग ब्रेक-थ्रु भएको जानकारी दिए ।