|  

बोल्न नदिएपछि १५ मिनेट बैठक बहिष्कार गरेका हौंः सांसद गौतम

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले बोल्न नपाएपछि १५ मिनेट बैठक छोडेको बताएका छन् ।

संसद भवन बाहिर पत्रकारसँग संक्षिप्त कुरा गर्दै रास्वपाकी सांसद सोविता गौतमले यस्तो बताएकी हुन् । उनले भनेकी छन्, ‘आज संसदको अधिवेशन पहिलोचोटि सुरु हुँदै गर्दा केही कुरा राख्न खोजेका थियौं । हामीले हाम्रो विशेष कुरा राख्न समय माग्दा सभामुखले दिनुभएन । त्यही भएर १५ मिनेट बैठक बहिष्कार गरेका हौं ।’ 

अर्का सांसद हरि ढकालले पनि १५ मिनेट सांकेतिक विरोधमात्र गरेको बताए । १५ मिनेट संसद बैठक बहिष्कार गरेर उनीहरु पुनः संसद बैठकमा सहभागी भएका थिए ।