|  

रास्वपा: रविमाथि खनिनु नै सरकारको सात महिनाको उपलब्धि !

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले पार्टी सभापति रवि लामिछानेप्रति बदलाको भावना साधेको आरोप लगाएका छन् । 

आजबाट सुरु भएको संसद बैठकमा बोल्दै सांसद वाग्लेले पहिला थुन्ने पछि प्रमाण खोज्ने प्रवृत्तिले यस्तो देखिएको बताएका हुन् । लामो समय दुःख दिनकै लागि रविमाथि मुद्दा थपिएको उनले दाबी गरे । दुई तिहाईको सरकारले एउटा पात्र माथि मात्र खनिएको भन्दै उनले सरकारको सात महिनाको उपलब्धि भनेकै रविको विषय रहेको टिप्पणी गरे ।

नेपालको जाँचबुझ आयोग ऐन अन्तर्गत पुर्व प्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोगको गठन हुनुपर्ने माग गर्दै उनले सबै राजकिय पद ग्रहण गरेका नेताहरुको सम्पत्ति छानबिन गर्ने गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले चलन चल्तीमा आएका सबै काण्डहरुको पनि एक-एक गरेर संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरे ।