|  

ट्रम्पको चीन नीति 

१८ माघ, काठमाडौं ।  विपिन देव - वर्तमान भू-राजनीतिमा सामरिक उत्तार चढाबलाई अमेरिका चीन सम्वन्धले यथेष्ठ मात्रामा प्रभावित गर्ने सार्मथ्य राख्दछ । ट्रम्पको चूनावी नारा नै चीनिया विरोधी भाष्यमा अधारित रहेको थियो । अमेरिकी चूनावमा दुईवटै प्रमुख दलहरूले चीनको आक्रमक्तालाई चूनावी भाष्य बनाउंदै त्यसलाई पू‘जीकृत गर्न उद्बेलित रहेको थियो । 

अमेरिका लागायत पश्चिमा मनोग्रन्थीमा चीन प्रति नाकारात्मक दृष्टिकोण विकास हुनुका विभिन्न कारणहरू छन् । अमेरिका र पश्चिमा संसारको सदासयता र सद्भावको कारणले नै चीन महाशक्तिको रूपमा उदियमान भएको कुरा तथ्यले नै प्रमाणित गरेको देखिन्छ । सन् २००८ को आर्थिक मन्दीमा युरोपेली अर्थतन्त्र डगमगाइरहेको वेला चीनले घमिलो पानीमा माछा मारेर आफ्नो  आर्थिक विकासलाई सम्वलता दिएको थियो । 

अमेरिका र पश्चिमा सदभाव र सहयोगको कारणले नै गर्दा चीन विश्व व्यापार संघको सदस्यता प्राप्त गरेर भूंमण्डलीकरण र खुला बजारको वातावरणमा युरोपेली र अमेरिकी बजारमा आफ्नो   पदचापलाई स्थापित गरेको थियो । अमेरिकीद्वारा स्थापित विश्व व्यवस्थालाई (वल्र्ड आउडर)लाई चीनले चूनौती दिदै आएको छ । 

वर्तमान परिवेशमा चीन हरेक हिसावले अब्वल देखिएको छ । सन् १९५० ताका विश्वको कुल जि.डि.पि. को पि.पि. मापदण्ड अनुसार अमेरिकाले ५० प्रतिशत ओगटेको थियो भने वर्तमान परिवेशमा अमेरिका १४ प्रतिशतमा झरेको देखिन्छ । तर चीनले पि.पि. मापदण्ड अनुसार १८ प्रतिशतको छलाङ् लगाएको देखिन्छ । 

आर्थिक विकासको साथै चीनले प्रति वर्ष आफ्नो  सुरक्षा खर्चमा १० प्रतिशतले बढोत्तरी गरेको देखिन्छ । सन् २०२२ मा नै चीनले आप्mनो सुरक्षा खर्चमा २३० विलियन अमेरिकी डलर विनोयोजित गरेको थियो । हुनतः अमेरिकीको सुरक्षा बजेट लगभग ७०० विलियन अमेरिकी डलरको रहेको छ । अमेरिकीको दायित्व संसार भरीको सुरक्षा संयन्त्रलाई मापन गर्ने हुन्छ भने चीन आफ्नो सुरक्षालाई चुस्त र दुरुस्त बनाउन मात्रै केन्द्रित रहेको हुन्छ । अर्थात् अमेरिकालाई हरेक क्षेत्रमा चूनौती दिन चीन सर्मथ रहेको कुरा तथ्यले पुष्टि गरेको देखिन्छ । 

जल सेनाको पानी जहाजको संख्या अमेरिका भन्दा पनि चीनको अधिक रहेको छ । तर क्षमताको आधारलाई मापदण्ड मान्ने हो भने अमेरिका नै अब्वल रहेको देखिन्छ । यी कारणहरूले गर्दा अमेरिकाको चीन नीति आक्रमक रहको देखिन्छ । सन् १९७० मा हेनेरी किसिनजर र निक्सनको नीतिले गर्दा चीन विश्व राजनीति र अर्थनीतिको मूल प्रभाहमा आएको थियो भने त्यही नीतिलाई सन् २०१५ सम्ममा समेत अमेरिकाले सामरिक दृष्ट्रिकोण बनाएको थियो । सन् २०१५ मा अमेरिकी सुरक्षा नीतिमा ओभामाले अमेरिका र चीन निरन्तर रूपमा सहयात्रा गर्ने संकेत गरेको थियो । 

तर चीनको तानइवान नीति, दक्षिण चीन सागरको नीति, मध्य एसीयाको नीति लगायत अनेकौ नीतिले गर्दा अमेरिका आप्mनो सामरिक नीतिमा परिर्वतन गरेको देखिन्छ । सन् २०१७ मा ट्रम्पको आगमनका साथै अमेरिकाको चीन नीतिमा परिर्वतन देखिएको छ । अमेरिकी सुरक्षा दस्तवेज (सन् २०१५) का अनुसार चीन र रसियाको नीतिले गर्दा विश्व व्यवस्था लगायत कमजोर मुलुकहरूको अखण्डता र संप्रभूता आघात भएको ठहर अमेरिकाले गरेको थियो । 

अर्थात् चीनको वि.आर.आए. नीतिको काराणले नै गर्दा विश्व राजनीति अलमलिएको र गरिव मुलुकहरू आर्थिक दिवालीयापनको संघारमा फसेको अमेरिकाको ठहर रहेको  थियो । तदनुरुप सन् २०१६ वि.आर.आए.को विकल्पमा अमेरिकाले ६० विलियन अमेरिकी डलर पूर्वाधार र अन्य विकासको लागि विनयोजन गरेको थियो । सन् २०१७ माम नै ट्रम्पले चीनलाई घेरावन्दी वा दवावमा राख्न प्रजातान्त्रिक मुल्य र मान्यता कर्वाड (चर्तुभजीय संगठन)को सक्रियता बढाएको थियो । 

अर्थात् चीनलाई दवावमा राख्न अमेरिका, अष्ट्रेलीया, जापान र भारत चर्तुभूजीय संगठनमा सहभागी भएको थियो । सन् २०१९ मा नै कर्वाडको मन्त्री स्तरीय वैठक समेत सम्भव भएको थियो । चीनको दक्षिण सागरमा भइरहेको टापु विस्तार र आक्रमक्तालाई केन्द्रमा राख्दै सन् २०१९ मा ट्रम्पले अमेरिकी सुरक्षा दस्तावेजमा एसीया प्यासिफिकको बदला इण्डोप्यासिफीक नामांकण गरेको थियो । 

अमेरिकीको इण्डोप्यासिफिक नीतिले गर्दा सामरिक जगतमा एउटा नयॉ जोश र जागरणको निर्माण भयो । इण्डोप्यासिफीक नीतिको केन्द्रमा नै आसीयानि रहेकोले गर्दा यो नीतिले आसीयान क्षेत्रमा चीन प्रतिको त्रासदीमा राहत देखियो । ट्रम्पले चीनिया कम्पनी हवावेलाई समेत अमेरिकी बजारमा प्रतिवन्ध लगाएर अमेरिकी सूचना क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको थियो ।

ट्रम्पको नीतिको पदचापमा नै वाइडेनको नीति बढेको देखिन्छ । तर ट्रम्पको शब्द, भाष्य र प्रस्तुति पृथक भएकोले वाइडेन आफु ट्रम्प भन्दा भिन्न भएको जिकिर गर्थे । राष्ट्रपपतिको रूपमा विजित हुन वित्तिकै वाइडेनले कर्वाडलाई अगाडी बढाउ‘दै अकसको निर्माण गरे । अक्स भन्नाले अष्ट्रेलीया, अमेरिका र बेलायको सैनिक गठवन्धन हो । वाइडेन बहुपक्षिय गठवन्धनमा जोड दिएको देखिन्छ । 

चीनलाई दवावमा राख्न अमेरिका, दक्षिण कोरीया र जापान विच गठवन्धनको साथ साथै जापान, फिलिपिन्स र अमेरिकाको गठवन्धन निर्माण गरेर वाइडेन अधिक बढेको देखिन्छ । अर्थात् वाइडेनको नीतिलाई जानकारहरू “हब एण्ड स्पोक” को नीति भन्ने गर्दछ । भनाईको अर्थ अमेरिकालाई केन्द्रमा राखेर गठवन्धन निर्माण गर्नु हो । वर्तमान परिवशेमा ट्रम्पको आगमनले अमेरिका चीन विचको सम्वन्ध कुन गोरेटोमा जाने हो भने आजको मौलिक प्रश्न रहेको छ । 

सेक्रेट्री आप‘m स्टेट माको रुवीओको न्यूक्ति, सुरक्षा सल्लाहकारको रूपमा माईक बालजको न्युक्ति र सूचना प्रमुखमा तुलसी ग्याव्रटको न्युक्तिले चीन प्रतिको आक्रमक्ता झल्किन्छ । राष्ट्रपतिको सपथ गहण समारोहमा प्रमुख अथितिको रूपमा राष्ट्रपति सीलाई निमन्त्रणा गर्नु र १०० दिन भित्र नै आफु चीनको यात्रा गर्नुलाई सकारात्मक संदेशको रूपमा विषलेश्ण गर्न सकिन्छ । वर्तमान परिवेशमा अमेरिकी बजारमा २५ प्रतिशत विद्युत्तिय सामान चीनको रहेको छ भने ७५ प्रतिशत खेलौना समेत चीनिया उत्पादन रहेको  छ । 

साथ साथै २५ प्रतिशत प्लाष्टिक साम्रगी समेत चीनिया उत्पादन रहेको छ । यी सामानहरूमा ६० प्रतिशत कर वृद्धि गरेको खण्डमा अमेरिकी उपभोगकर्ता मूल्यवृद्धिको चपेटामा पर्न सक्दछ । साथ साथै अमेरिकी कम्पनीहरूको स्वार्थ र लगानी समेत चीनिया बजारमा रहेको छ । ऐलेन मोक्सको टेसलाका ५० प्रतिशत उत्पादन चीनमा नै हुने गरेको छ । अमेरिका चीन प्रति बढि आक्रमक भएको खण्डमा अमेरिकी हित समेत प्रभावित हुन सक्ने जानकारहरूको बुझाई रहेको छ । 

चीनवाट भइरहेको पू‘जी पलायन, २५ प्रतिशत रियल स्टेटको व्यापारमा कमी, २० प्रतिशत वेरोजगारी, छिमेकसंगको कटुता र यूरोप र अमेरिकामा घट्दो प्रभावका कारण चीनले समेत अमेरिकी नीतिमा परिर्वतन गर्ने जानकारहरूको बुझाई रहेको छ ।