|  

रविको मात्र हैन, प्रधानमन्त्रीसहित वरपरको मान्छेको पनि सम्पत्ति छानविन हुनुपर्छः राजेन्द्र लिङ्देन

१८ माघ, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताको दुरुपयोग नगर्न माग गरेका छन् ।

रवि लामिछानेलाई ८४ दिन हिरासतमा राखेर सत्ता निकटलाई जोगाएकोप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो माग गरेका हुन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘एउटा पार्टीको अध्यक्ष ८४ दिन प्रहरीको हिरासतमा बस्नुपर्यो। त्यही प्रकृतिको मुद्दामा सहकारीको सञ्चालक भएको तपाईंको पार्टीको मान्छेले एक दिन पनि हिरासत बस्न नपर्ने, मैले रवि लामिछानेले हिनामिना गर्नुभएको छैन भनेर वकालत गर्दिनँ । कानून त सबैलाई बराबरी लाग्छ होला नि । उहाँले ८४ दिन हिरासत बस्नु पर्ने, अरु अदालतमा हाजिर भएर घर जानुपर्ने कस्तो व्यवस्था हो ?’ 

उनले रवि लामिछाने मात्रै नभइ प्रधानमन्त्रीसहित सबैको सम्पत्ति छानविन गर्न माग गरे ।