१८ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइ सरकारको घमण्ड धेरै नगर्न चेतावनी दिएका छन् ।
आजदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई संबोधन गर्दै नेकपा (एस)का नेता एवम प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले दुई तिहाईको सरकारले निरंकुश शासनको झल्को देखाइरहेको टिप्पणी गरे । उनले सम्बोधन गर्दै भने, ‘अघि प्रधानमन्त्रीले दुई तिहाइको सरकार हो भनेर दम्भ देखाउनुभयो । त्यसो भए दुई तिहाइको सरकार छ भनेर जे-जे गर्न मन लाग्यो त्यहि गरे भैहाल्यो नि । जे मन लाग्छ त्यहि गर्नुस । दुई तिहाइ छ भने कालोलाई सेतो भन्नुस न त, दुई तिहाइको धेरै घमण्ड नगर्नुस । दुई तिहाइको सरकारले निरंकुश शासनको झल्को देखाउँछ ।’
नेता पाण्डेले दुई तिहाइको सरकारले धेरै राम्रा काम गरेको देखाउनका लागि अध्यादेश ल्याएको बताए ।