|  

एलिनाले गरिन् पति बिष्णुसँग सम्बन्ध बिच्छेदको मुद्दा दायर

१८ माघ, काठमाडौं । गायिका एलिना चौहानले अंश र माना चामल नलिनेगरी पति बिष्णु सापकोटासँग सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेकी छन् ।

काठमाडौं जिल्ला अदालतमा आज दर्ता भएको फिरादमा पति सापकोटाले आफ्नो चरित्रमाथि शंका गरेको र पति पत्नीको रुपमा सम्बन्ध सुमधुर हुन नसकेको जिकिर गरेकी छन । लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएको चर्चा पनि छ । झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाख ५ गते मात्र विवाह गरेका थिए ।