१८ माघ, काठमाडौं । विराटनगर महानगरपालिका-५ मा बारीमा गाडेको अवस्थामा एक बालिकाको शव भेटिएको छ ।
१४ वर्षीया चाँदनी यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतक बालिकाको घर भने भारतको छप्राह जिल्ला हो तर उनी मावलीमा बस्दै आएकी थिइन । मावलमा बस्दै आएकी चाँदनी १५ दिनदेखि देखिएकी थिइनन ।
हत्या गरेर शव गाडेको हुन सक्ने आशंकामा विराटनगर ५ घर भएका मृतक बालिकाका हजुरबुबा सर्जुकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बालिकाको शव एक साताअघि नै गाडेको जस्तो देखिएको छ । शव गाडेको स्थानलाई तोरीको जट्टेले छोपिएको अवस्थामा फेला परेको थियो ।