१८ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नियमित रुपमा भए गरेका कामलाई उपलब्धिका रुपमा देखाएर सरकारले छुट नपाउने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आज आफ्नो दलका तर्फबाट धारणा राख्दै सांसद यादवले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र सुधारका पक्षमा काम गरिएको भनेर प्रधानमन्त्रीका तर्फबाट आज संसद्मा धारणा राखेको उल्लेख गर्दै उनले तदअनुरुपको काम गर्न आग्रह गरे ।
पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवादका विषयलाई लिएर स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको समस्या सृजनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गरेका छन् ।
साथै सांसद यादवले नागरिकमा रहेको निराशालाई आशामा बदल्नेगरी संसद्को चालु अधिवेशनबाट आवश्यक विधेयक पारित गर्न सकोस भन्ने कामना पनि गरे ।