|  

चित्रबहादुर केसीको प्रश्न-जनतालाई सरकारले के दिएको छ ?

१८ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई सरकारले के दिएको भन्दै प्रश्न गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै नेता केसीले यस्तो प्रश्न गरेका हुन् । नेताप्रति जनताले घृणा प्रकट गरेको भन्दै उनले भनेका छन्,‘अहिले नेपाली जनताले तपाईहरु सत्तामा शक्तिमा हुनुहुन्छ, के दृष्टिले हेरिरहेका छन ? राजनेतामाथि यति घृणा जनताले प्रकट गरेपछि रहन्छ यो व्यवस्था ?’ 

उनले संविधान संशोधन गर्ने भनेर भने पनि खै संशोधन गरेको भनेर प्रश्न गर्दै प्रदेशमा मन्त्री बनाउनुपर्दा केन्द्रबाटै हस्तक्षेप हुने गरेको बताए  । उनले सहकारीमा ठगिएका जनतालाई ठगहरूको सम्पत्ति खोजेर राज्यले सबभन्दा पहिला क्षतिपूर्ति दिनुपर्ने चन्दै भूमिहीन किसानलाई जमिन दिन अध्यादेश नल्याइएको दाबी गरे ।