|  

पार्टी जीवनमा आएका अप्ठ्याराहरू चिरेर आगामी कदम अघि बढाउँछौँः सचेतक परियार

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी जीवनमा आएका अप्ठ्याराहरू चिरेर आगामी कदम अघि बढाउने बताएका छन् । 

आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘एउटा अभियान, क्रान्ति र देश निर्माणमा हिँडिरहँदा एउटा राजनीतिक पार्टीका जीवनमा अनेक घटनाहरू हुन्छन । हामीलाई थाहा छ । पार्टी जीवनमा आएका अप्ठ्याराहरू चिरेर आगामी कदम अघि बढाउँछौँ ।’