|  

प्रभु शाहः प्रधानमन्त्री मुछिएका काण्डका फाइलहरू किन गुपचुप ?

१८ माघ, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले प्रधानमन्त्री मुछिएका काण्डका फाइलहरू किन गुपचुप भएको भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधि सभा सांसद समेत रहेका शाहले वाइड वडी काण्ड, गिरीबन्धु टी स्टेटबारे सरकारले जवाफ दिन फाइलहरू अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले सरकारको काम आफूहरूले नाङ्गो आँखाले हेरिरहेको भन्दै देशको इमेजलाई माथि राख्न आग्रह गरे । उनले सांसद र जनप्रतिनिधिलाई सरकारले कालिन्दा बनाएको बताए । उनले भूमि अध्यादेशले को खुसी छ भन्दै प्रश्न समेत गरे ।