|  

सामाजिक सञ्जाल विधेयक वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न हैनः सचेतक बर्तौला

१८ माघ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक वाक स्वतन्त्रतामाथि नियन्त्रण गर्नका लागि नभएको प्रष्ट पारेका छन् ।

आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले यो विधेयक प्रभावकारी नियमनका लागि भएको बताएका हुन् । उनले सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी नभई नियमन गर्न र अनुशासनको दायरामा राख्न विधेयक ल्याएको बताए । प्रभावकारी नियमनका लागि कानुनी प्रबन्धहरू जरुरी रहेकाले विधेयक ल्याइएको बताए । उनले विधेयकबारे हरेक सांसदले संशोधनमार्फत सुझाव दिनसक्ने बताए ।