|  

'बोल्न नदिँदा टेबल ठोकेर समर्थन गर्ने हातहरू प्रयागराजको महाकुम्भमा धोए पनि चोखो हुने छैन'

१८ माघ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसद्‌मा आफूहरूको संवैधानिक अधिकारको हनन भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत् लेख्दै श्रेष्ठले संवैधानिक अधिकार हनन् भएको आरोप समेत लगाए । उता सभामुख घिमिरेले भने कार्यव्यवस्था परामर्श समितिको बैठकमै आज आकस्मिक समय नराख्ने सहमति भएकाले दिन नसकिने उल्लेख गरेका थिए ।

 'आज संसद्‌मा हामीलाई बोल्न नदिँदा टेबल ठोकेर समर्थन गर्ने हातहरू प्रयागराजको महाकुम्भमा गएर धोए पनि चोखो हुनेवाला छैन,' उनले भने।

अगाडि उनले भनेका छन्, 'संसद् नियमावलीअन्तर्गत नै रहेको आकस्मिक समयको माग गरी बोल्न पाउने अधिकारबाट पनि हामीलाई वञ्चित गरियो। हाम्रो संवैधानिक अधिकार हनन गरियो।'