१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद शिशिर खनालले संसदमा सत्ताको छायाँ देखिएको आरोप लगाएका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै खनालले संसदमा सत्ताको छायाँ देखिएको आरोप लगाएका हुन्।
‘अत्यन्त दुर्भाग्यपूर्ण घटना आज संसदमा भएको छ,’ सांसद खनालले भने,‘हामीले प्रतिनिधिसभा नियमावलीको अधिकार प्रयोग गरेर आकस्मिक समय माग गर्दा पनि हामीलाई दिइएन।’
नेपालको संसदीय परम्परामा यो दुर्लभ घटना भएको पनि उनले दाबी गरे । ‘सामान्यतया संसद्मा कुनै एक जना माननीय उठे संसद्को कारबाही अगाडि बढाइँदैन थियो। र, आज १९ जना सांसदहरू एकैचोटी उठेर बोल्नका लागि समय माग्दा पनि बोल्न दिइएन । साथै हामी उठिराख्दा पनि संसद्लाई जबरजस्ती सभामुखज्यूबाट अगाडि बढाइयो, त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ,’ सांसद खनालले भने।
यस्तो शङ्का आफूलाई पहिल्यैदेखि रहेको पनि सांसद खनालको दाबी छ । ‘हामीलाई शङ्का थियो पहिल्यैदेखि। सत्ताको छाया संसदमा परेको छ,’ उनले भने।