|  

पेट्रोलियम पदार्थकाे मूल्य बढ्यो 

१८ माघ, काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य बढाएको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो ।निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य लिटरमा चार रुपैयााँ बढाइएको छ ।