|  

आज पनि घट्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्यो

१९ माघ, काठमाडौं ।  शुक्रबारको तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको छ ।

शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस थियो । शनिबार न्यूनतम तापक्रम हल्का घटेको हो।काठमाडौंमा शनिबार बिहान हल्का हुस्सु पनि लागेको भने दिनभरि मौसम सफा रहनेछ ।

शनिबार काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।