१९ माघ, काठमाडौं । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ ।
साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन्।
सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । घटना मृतकका परिवारलाई जानकारी गराइसकिएको छ ।
सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएकोछ । बाँकी मृत्यु हुनेमा तीन जना घानाका नागरिक छन् ।दुर्घटनामा १५ नागरिक मारिएको साउदी प्रेस एजेन्सीले जनाएको छ । घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।