|  

चीन, मेक्सिको र क्यानडाका सामानमा थप कर लगाउने ट्रम्पको निर्णय

१९ माघ, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन देशबाट आयात हुने सामानमा अतिरिक्त कर लगाउने भएका छन् ।

जस अन्तर्गत अब मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत, क्यानडाबाट आउने सामानमा २५ प्रतिशत तथा चीनबाट आउने सामानमा १० प्रतिशत कर लाग्ने भएको छ ।

राष्ट्रपति ट्रम्पले युरोपेली युनियनका सामानमा पनि सो कर लगाउने बताएका छन्।यो निर्णयपछि अमेरिकामा समेत मूल्य वृद्धि हुने आशङ्का थपिएको छ।