१९ माघ, काठमाडौं । अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा निजी जहाज दुर्घटना भएको छ ।
शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिक निजी विमान दुर्घटना भएको हो । उक्त विमान एयर एम्बुलेन्स भएको बताइएको छ । विमानमा चार चालक दलका सदस्यहरू, एक बिरामी बालक र उनको हेरचारका आएका व्यक्ति समेत गरी ६ जना सवार थिए ।
एयर एम्बुलेन्स कम्पनीले जहाजमा सवार कुनै पनि बाँचेको पुष्टि गरेको छैन । विमान सहरको धेरै जनसंख्या भएको भागमा ठोक्किएपछि कति मानिसहरू जमिनमा हाताहाती भयो भन्ने खुलेको छैन । गत साता मात्रै अमेरिका जहाज दुर्घटना भएको थियो ।