|  

भारतको नयाँ बजेट घोषणाः १२ लाखसम्मको आम्दानीमा कर नलाग्ने

१९ माघ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यम आर्थिक अवस्था भएकाहरूलाई विशेष प्राथमिकता दिँदै नयाँ बजेट घोषणा गरेका छन् ।

आज लोकसभामा पेश भएको २०२५ को बजेटमा यसअघिको कर प्रणालीमा सुधार गर्दै १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने नयाँ कर प्रणालीको व्यवस्था गरिएको छ । भारतीय सञ्चारमाध्यमहरूले १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने व्यवस्था बजेटमा गरिएको उल्लेख गरेका छन् । मोदी नेतृत्वको सरकारले नै यसअघि सन्न २०१४ मा ल्याएको बजेटमा त्यस्तो सीमा साढे २ लाख रुपैया तथा सन २०१९ मा ५ लाख, सन् २०२३ मा ७ लाखसम्मको सीमासम्मको रकममा करमुक्त गरिएको थियो । कतिपय अर्थविदहरूले यसलाई पछिल्लो एक दशकमा गरिएको सबैभन्दा ठूलो सुधारको रूपमा व्याख्या गरेका छन ।