|  

महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार

१९ माघ, काठमाडौं । नेपालले जारी महिला त्रिकोणात्मक टी-२० सिरिजमा लागातार दोस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटको हार बेहोरेको हो ।

नेपालले दिएको १०२ रनको लक्ष्य पछाएको थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १०१ रन बनाएको थियो ।

नेपालका लागि कबिता कुँवर र बिन्दु रावलले २५-२५ रन बनाएका थिए भने कप्तान इन्दु बर्माले १५ रन बनाएकी थिइन् । थाइल्याण्डका लागि बलर थिपाटचा पुथावोंगले ३ विकेट लिएकी थिइन् भने फनिता माया र नाताया बोचाथामले २-२ विकेट लिएका थिए ।

यो हारपछि नेपालले सिरिजमा लगातार दोस्रो हार बेहोरेको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो ।