१९ माघ, काठमाडौं । गण्डकी प्रदेश पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा आज भएको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो । अब गण्डकीले उपाधिका लागि भोलि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गण्डकीसँग पराजित भएको आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ । तेस्रो बनेको आर्मीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ ।