|  

जुम्लामा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

१९ माघ, काठमाडौं । जुम्लामा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

घर लिपपोतका लागि माटो लिन गएकी चन्दननाथ नगरपालिका-६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । उनीसँगै गाउँकै अन्य ६ जना पनि माटो लिन गएका थिए । उनीहरु भने सकुशल रहेको । जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । उनको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।