१९ माघ, काठमाडौं । पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१ का वडाध्यक्षको हृदयघातका कारण मृत्यु भएको छ ।
राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट तल ओर्लिने बित्तिकै पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१ का वडाध्यक्ष तवारक अहमद मियाँ ढलेका थिए । उनको तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि उपचारको क्रममा दिउँसो २ः ४२ बजे मृत्यु भएको हो । मियाँको निधन भएपछि जिल्ला अधिवेशन स्थगित गरिएको छ ।