२० माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको न्यूनतम तापक्रम आज पनि घटेको छ ।
आज बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ । हिजोको तुलनामा बिहानीपख काठमाडौंमा केही बढी चिसो महशुस भएको छ । शनिबार न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि शुक्रबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो ।