२० माघ, काठमाडौं । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।
गुल्मी कालिगण्डकी गाउँपालिका वडानम्बर-२ बिसौनास्थित भित्री कच्ची सडक खण्डमा लु३त ५११२ नम्बरको दुर्घटना हुँदा सहचालक ५५ को देबबहादुर बिकको मृत्यु हो । दुर्घटनामा घाइते बिकको उपचारको लागी गल्याङ नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
ट्याक्टर आफैं अनियन्त्रित भई बाटोबाट अन्दाजी ६० मिटर तल खसेको थियो । दुर्घटनामा चालकको नाम थर वतन नखुलेको फरार रहेको प्रहरीको भनाई छ ।