२० माघ, काठमाडौं । दोस्रो संस्करणको आइसिसी यू-१९ महिला टी-२० विश्वकपको फाइनल खेल आज हुँदैछ ।
फाइनलमा डिफेन्डिङ च्याम्पियन भारत र दक्षिण अफ्रिका खेल्दै छन । यी दुई टिमबीचकोउपाधि भिडन्त दिउँसो १२ः१५ देखि मलेसियाको बायुमास ओभलमा सुरु हुनेछ । सेमिफाइनलमा भारतले इंग्ल्याण्ड तथा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराउँदै फाइनलको यात्रा गरेका थिए । भारत यसपटक उपाधि रक्षा गर्ने योजनामा छ । दक्षिण अफ्रिका पहिलोपटक उपाधिको खोजीमा छ ।