|  

आज राष्ट्रिय सभा बैठक बस्दै

२० माघ, काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभा बैठक बस्दैछ । 

बैठक अपरान्ह सवा १ बजे बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ ।