|  

आज सुनको भाउ स्थिर !

२० माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । भने चाँदीको भाउ सामान्य घटेको छ ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार आज सुनको भाउ तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । योसँगै आज चाँदी १ हजार ९ सय १० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा चाँदी १ हजार ९ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।