|  

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु 

२० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

बैठक अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा सुरु भएको छ । नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन लगायत विषयमा निर्णय हुने एक पदाधिकारीले बताए । बैठकले पूर्वपश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका पनि बनाउने भनिएको छ । यसअघि माघ ८ गते बसेको बैठकले विभिन्न प्रदेशको इन्चार्ज फेर्नेबारे छलफल गरेको थियो ।