आइतवार २५ फाल्गुन, २०८१  | Sunday 9 March, 2025 

अमेरिकामा निजी विमान दुर्घटनाः ७ जनाको मृत्यु

२० माघ, काठमाडौं । अमेरिकामा भएको अर्को विमान दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

शुक्रबार पेन्सिलभेनियास्थित फिलाडेल्फियामा भएको निजी विमान दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् । विमानमा सवार ६ जना र भुइँमा रहेका एक जनाको मृत्यु भएको हो । बिरामी बोकेको विमानमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र ती बिरामीकी आमा थिइन । 

केही दिनअघि अमेरिकामा ६७ जनाको ज्यान जानेगरी दुई विमान ठोक्किएर दुर्घटना भएको थियो ।