२० माघ, काठमाडौं । गायक साइराज खातीको ‘मेटु भन्छु केरकार पारी’ बोलको नयाँ गीत बजारमा आएको छ ।
गीतकार सुरेन्द्र दियालीको गीतमा उनले स्वर दिएका हुन । सुवास भुषालले गीतमा संगीत गरेका छन । गीतले देशमा बढ्दो बेरोजगारीको कारण प्रेम र सम्बन्धहरू क्रमशः चिसिँदै गएको यथार्थलाई चित्रण गरिएको छ । भिडियोमा अन्जना बराइली र उनको अपोजिटमा गीतकार तथा कलाकार सुरेन्द्र दियाली छन । विशाल थापाको छायांकन रहेको म्युजिक भिडियोलाई गणेश शाहीले निर्देशन गरेका छन ।