२० माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक पारित गर्न नसके पद छाड्ने बताएकी छिन् ।
विद्यालय शिक्षा विधेयकबारे आफू अत्यन्तै दबाबमा रहेको बताउँदै उनले संसद्बाट पारित गर्न नसकेमा पदबाट राजीनामासमेत दिने घोषणा गरेकी हुन् । विधेयक पार लगाउन नसकेको अवस्थामा शिक्षामन्त्रीको पदमा बस्न आवश्यक नरहेको उनको भनाई छ ।
हाल संसद्को शिक्षा, स्वास्थ्य समितिमा विद्यालय विधेयक छलफलकै क्रममा छ । समितिले विधेयकमाथि सातै प्रदेशबाट सुझाव संकलन गरी त्यसलाई एकीकृत र अद्यावधिक गरिरहेको छ ।