|  

क्यानडाले पनि अमेरिकालाई २५ प्रतिशत नै कर लगाउने

२० माघ, काठमाडौं । डोनाल्ड ट्रम्पले क्यानडामा २५ प्रतिशत कर लगाउने भएसँगै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि अमेरिकी आयातमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।

ट्रुडोले नयाँ भन्सार मंगलबारदेखि ३० अर्ब डलरको अमेरिकी वाइन र फलफूल आयातमा लागु हुने बताएका छन् ।

यस्तै, १२५ अर्ब डलरको आयात पछि प्रभावित हुनेछ । मंगलबारदेखि क्यानडाबाट हुने आयातमा पनि अमेरिकी भन्सार शुल्क लागु हुँदै छ ।