|  

विराटनगरमा ३८ वटा मानव खप्पर र १० थान मानिसको नलीखुट्टासहित एक जना पक्राउ

२० माघ, काठमाडौं । विराटनगरमा भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर १७ का विनोद राय रहेका छन् । रायलाई बिहान ७ बजेर ४९ मिनेट जाँदा भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेको मानव कंकालसहित प्रहरीले पक्राउ गरेको हो ।

सीमामा खटेका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दहालको नेतृत्वको टोलीले ३७ वर्षीय रायको साथबाट मानव खप्पर ३८ थान र नली खुट्टाको हड्डी १० थान बरामद गरेको छ ।