|  

अभिनेत्री अरुणिमाको दाम्पत्य जीवनमा पनि भएको हो खटपट ? 

२० माघ, काठमाडौं । पछिल्लो समय नेपालमा एकपछि अर्को सेलिब्रेटी वैवाहिक जीवन धरापका रहेको चर्चा चल्न थालेको छ ।

गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा शुक्रबार पति बिष्णु सापकोटासँग डिबोर्स मागेको प्रसङ्ग सेलाउन नपाउँदै अभिनेत्री अरुणिमा लम्सालको पनि पतिसँग सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको छ ।

यहि वर्षको भदौ महिनामा कांग्रेस नेता युवराज श्रेष्ठसंग वैवाहि जीवनमा बाँधिएकी अभिनेत्री अरुणिमा लम्सालको पनि वैवाहिक जीवनमा खटपट परेको दर्शकले आशंका गरेका छन् । लम्सालले सामाजिक सञ्जालबाट श्रीमानसँगका सबै तस्बिरहरु गायब गराएपछि उनको श्रीमान्सँग सम्बन्ध राम्रो नभएको चर्चा चल्न थालेको हो ।

अरुणिमाले विवाहका तस्बिर र भिडियोहरु प्रशस्तै संख्यामा सामाजिक सञ्जाल फेसबुकमा राखेकी थिइन् । ती तस्बिर / भिडियोहरु अहिले देखिँदैनन् । इन्स्टाग्राममा पनि दुबैले एक अर्कोलाई फलो गरेको देखिन्न् ।