|  

केबलकारको विरोधमा यातायात बन्द गराउने ६ जना पक्राउ

२० माघ, काठमाडौं ।  ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा यातायात बन्द गराउने ६ जना पक्राउ परेका छन् ।

झापाको दमक र सुनसरीको धरानबाट बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो । झापाको दमकमा ३ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्द गराउने क्रममा दमक चोकमा आज बिहान प्रहरी र प्रदर्शनकारीबीच कहिबेर घम्साघम्सी समेत चलेको थियो ।सोही क्रममा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा दमक १ का पदम बेघा, दमक २ का धनकुमार योङहाङ र दमक १ का सुक बहादुर लिम्बु रहेका छन् । यस्तै धरानबाट पनि प्रहरीले ३ जनालाई पक्राउ गरेको हो बन्द गराउँदै हिँडेका उनीहरूलाई सेउती पुलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।